Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ वैशाख । सभामुख देवराज घिमिरेले सांसद्हरूलाई विद्युतीय हाजिरी गराउन निर्देशन दिएका छन् ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विभिन्न दलका प्रतिनिधिसँगको छलफलपछि सांसदहरूको उपस्थिति बढाउन ई–हाजिरीको व्यवस्था गर्न निर्देशन दिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सभामुख घिमिरे प्रतिनिधसभाको बैठकमा सांसद्हरूको कम उपस्थिति हुने गरेको र उनीहरू तलब भत्ता खान मात्र बैठकमा आउने गरेको आम बुझाइ रहेकाले ई–हाजिरीको तयारी गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *