Samajik Feed – News Portal from Nepal

नारायणी नदीमा डुबेर श्रीमान–श्रीमतीको मृत्यु

नवलपरासी, १ जेठ । नवलपरासीको नारायणी नदीमा डुबेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ५० वर्षीया बगरी बोटेको मृत्यु भएको हो । नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरोको टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरूलाई नदीले बगाएको थियो । आइतबार बेलुका नदीले […]

नक्कली शरणार्थी प्रकरण: गृह मन्त्रालयका दुई अधिकारीसँग बयान लिइयो

काठमाडौँ, १ जेठ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा गृह मन्त्रालयका दुई अधिकारीसँग सोधपुछ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सहसचिव फणिन्द्रमणि पोखरेल र उपसचिव सागरमणि पाठकसँग बयान लिएको हो । जिल्ला प्रहरी परिसर टेकुमा उनीहरूसँग बयान लिइएको छ । २०७६ जेठ ३० गते पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलले बनाएको प्रतिवेदन […]

आजबाट MDMS मा दर्ता नभएका मोबाइलहरु नचल्ने

सामाजिक फीड_जनकपुरधाम, जेष्ठ १ ।MDMS प्रणालीमा दर्ता नगरि नेपालमा आयात र प्रयोग गरिने मोबाइल सेटहरु अवैध मानिने र आजबाट फोन नचल्ने। नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न २०८० जेष्ठ ०१ गते देखि MDMS (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) प्रणाली लागु गरिने व्यहोरा सम्बन्धित सबैलाई (NTA) नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी गराएको थियो। व्यक्तिगत प्रयोजनका लागि […]

पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी

काठमाडौँ, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रतीक थापाको नाममा पनि पक्राउ पुर्जी जारी भएको छ । आइतबार जिल्ला अदालत काठमाडौँले थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो । थापा पूर्वगृहमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन् । तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार रहेका […]

संसदलाई प्रभावकारी बनाउन तीन दलका नेताबीच छलफल

काठमाडौँ, ३१ वैशाख । संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुंगोमा […]

शरणार्थी प्रकरण: पूर्वसांसद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, ३१ वैशाख । नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न शेर्पा प्रहरी कार्यालय पुगेका थिए । यसअघि पक्राउ परेका सानु भण्डारी र केशव […]

यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ डा. राई पक्राउ

खोटाङ, २९ वैशाख । यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ डा. मदन राई पक्राउ परेका छन् । राईलाई खोटाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिएका छन् । राईमाथि आफै सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ । उनलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको हो […]

लामिछानेले प्रधानमन्त्रीलाई भने– ‘भ्रष्टाचारविरुद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्नुस्’

काठमाडौँ, वैशाख २९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरेका लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानप्रति खुसी व्यक्त गर्दै भ्रष्टाचारविरुद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न आग्रह गरेका हुन् । नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा दलको तर्फबाट पूर्ण साथ, […]

मोरङस्थित एक उद्योगमा भीषण आगलागी

मोरङ, २९ वैशाख । मोरङको बूढीगंगा गाउँपालिकास्थित एक उद्योगमा भीषण आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ सञ्चालित राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको उद्योगमा शुक्रबार बिहान २ बजेतिर आगो लागेको हो । आगो नियन्त्रण गर्नका लागि विराटनगर महानगपालिकासहित अन्य नगरपालिकाहरूका १२ वटा दमकल परिचालन गरिएको छ । साथै, […]

नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २८ वैशाख । नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३० नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ३१ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या […]