खोटाङ, २९ वैशाख । यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ डा. मदन राई पक्राउ परेका छन् । राईलाई खोटाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिएका छन् ।
राईमाथि आफै सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ । उनलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको हो ।