काठमाडौँ, २८ वैशाख । नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३० नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ३१ जना कोरोनामुक्त भएका छन् ।
योसँगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शून्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ६३० जनाले कोरोना परीक्षण गरेका थिए भने खोप लगाउनेको संख्या १२ हजार ८८४ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १२० रहेको छ ।