सामाजिक फीड_जनकपुरधाम, जेष्ठ १ ।
MDMS प्रणालीमा दर्ता नगरि नेपालमा आयात र प्रयोग गरिने मोबाइल सेटहरु अवैध मानिने र आजबाट फोन नचल्ने।
नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न २०८० जेष्ठ ०१ गते देखि MDMS (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) प्रणाली लागु गरिने व्यहोरा सम्बन्धित सबैलाई (NTA) नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी गराएको थियो।
व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरू MDMS प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ। साथै नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले देहाय बमोजिमका कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
नेपाल भित्र मोवाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्नु र साथै मोबाइल आयातकर्ता/ विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितरण गर्नु हुन नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी गराएको छ।