Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ३१ वैशाख । नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न शेर्पा प्रहरी कार्यालय पुगेका थिए । यसअघि पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणकाे नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो ।

यही प्रकरणमा शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जि जारी भएको हो । उनलाई पक्राउ गर्न शुक्रवार नै जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिइएको छ । तर, शेर्पा यो घटना सार्वजनिक भएपछि मोबाइल अफ गरी बेपत्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *