Samajik Feed – News Portal from Nepal

काठमाडौँ, वैशाख २९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरेका लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानप्रति खुसी व्यक्त गर्दै भ्रष्टाचारविरुद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न आग्रह गरेका हुन् । नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा दलको तर्फबाट पूर्ण साथ, सहयोग र समर्थन रहने भनेर आफूले प्रधानमन्त्री दाहाललाई विश्वास दिलाएर फर्किएको पनि उनले बताए ।

लामिछानेले यस प्रकरणमा प्रधानमन्त्री दाहाल सकारात्मक र उच्च मनोबलका साथ अगाडि बढिरहेको आफूले पाएको पनि बताए । प्रधानमन्त्री दाहाललाई सरकार ढल्ला भनेर भ्रष्टाचारका फाइल खोल्न नडराउन सुझाव दिएको लामिछानेको भनाइ छ। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *