Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १ जेठ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा गृह मन्त्रालयका दुई अधिकारीसँग सोधपुछ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सहसचिव फणिन्द्रमणि पोखरेल र उपसचिव सागरमणि पाठकसँग बयान लिएको हो ।

जिल्ला प्रहरी परिसर टेकुमा उनीहरूसँग बयान लिइएको छ । २०७६ जेठ ३० गते पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलले बनाएको प्रतिवेदन किर्ते गरेको विषयमा प्रहरीले उनीहरूसँग पनि बयान लिएको हो ।

त्यसबेला पोखरेल शान्ति सुरक्षा महाशाखाको प्रमुख थिए भने पाठक स्थानीय प्रशासन शाखामा कार्यरत थिए । पोखरेल अहिले गृह मन्त्रालयमा सहसचिव छन् । त्यस्तै पाठक गुल्मीको प्रमुख जिल्ला अधिकारी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *