Samajik Feed – News Portal from Nepal

अफगानिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । आइतबार दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा दुई पाइलटको मृत्यु भएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । samajik_feedsamajikfeed.com

बागमती प्रदेशमा ६ मन्त्री थपिए

हेटाैँडा, ७ जेठ । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । आइतबार थप ६ मन्त्रीले शपथ लिएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका छन् । नेकपा (एकीकृत समाजवादी) का डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ […]

नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण हुनुपर्छ : यादव

जनकपुरधाम, ७ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पाैडेललाई आग्रह गर्नुभएको छ । जनकपुरधाममा आज जसपाको भ्रातृ संगठन प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिले गरेको सम्मान कार्यक्रममा अध्यक्ष यादवले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी त्रुटि गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विधेयक तत्काल प्रमाणीकरण […]

अनावश्यक कार्यालय, संघ संस्था सरकारले खारेजी गर्ने

५ जेठ, काठमाडौं। अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु सरकारले खारेजी गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को संघीय संसदको संयुक्त बैठकमा आगमी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन भएका, काम उद्देश्य अनुरुप नभएका, असान्दर्भिक भएका विकास समिति,एक आपसमा कोषहरु गभिने वा खारेज गर्ने बताएका हुन् ।उनले खारेज वा गाभिएका संस्थाहरुको […]

मिथिलाञ्चलमा आज वटसावित्री पर्व मनाइँदै

जनकपुरधाम, ५ जेठ। मिथिलाञ्चलमा आज वटसावित्री अर्थात् वरसाइत पर्व मनाइँदैछ । पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै मिथिलाञ्चलका मैथिल महिलाहरूले यो पर्व धुमधामका साथ मनाइरहेका छन् । मैथिल महिलाहरूले मनाउने पर्वमध्ये वटसावित्री महान् पर्वका रूपमा रहेको छ । याे पर्व जेठ महिनाको औँसीको दिन मनाउने गरिन्छ । वटसावित्रीमा महिलाहरूले नयाँ पहिरनमा वरको वृक्षमा […]

गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता : मधेश प्रदेशको अग्रता

बारा, ५ जेठ । बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेशले पहिलो दिनको खेलमा अग्रता बनाएको छ। मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्‍याउने उद्देश्यले गरिएको प्रतियोगिताकाे पहिलो दिन सम्पन्न पाँचवटा ताैल समूहको खेलमा मधेश प्रदेशले दुई स्वर्ण, दुई कांस्य र एक रजत पदक प्राप्त गरेको हो । पुरुष […]

नेप्से ३२.३० अंकले बढेर १,८७७.३२ मा बन्द; दुई स्क्रिप्स सकारात्मक सर्किट हिट

४ जेठ, जनकपुर । नेप्से परिसूचक पछिल्लो कारोबार दिनको बन्दको तुलनामा ३२ दशमलव ३० अंकले बढेर आज १ हजार ८ सय ७७ दशमलव ३२ मा बन्द भएको छ । यो 1.75% को लाभ हो। हिजो परिसूचक २३.३९ अंकले बढेको थियो । आज सूचकांक 1,846.69 मा खुल्यो र 1,844.50 को इन्ट्राडे न्यून बनायो। यसको विपरित, यो […]

प्रधानमन्त्री: दोषी ठरिए जेल जान तयार छु

४ जेठ, जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडाकु शिविरको खर्चको अडिट छ, यो विषयमा कसैले दिएको उजुरीमा छानबिन गर्न र दोषी देखिए आफैं जेल जान समेत तयार रहेको प्रधानमन्त्रीले बताएका छन् । संसदमा भएको प्रश्नोत्तरमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ८ हजार ४६० जना पूर्व लडाकुका नाममा राज्यकोषबाट अर्बौं रकम भ्रष्टाचार भएको भन्दै संसदीय […]

नागरिकता विधेयकको टुंगो एक महिनाभित्रै लाग्छ : प्रधानमन्त्री

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुंगो लगाउने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तरमा जनता समाजवादी पार्टीका दीपक कार्कीको सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नागरिकता विधेयकमाथिको अलमल एक महिनाभित्रै टुंगो लाग्ने बचन दिनुभएको हो । प्रधानमन्त्री बनेको ६ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने भनेकोमा पाँच महिना […]

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

काठमाडौँ, ४ जेठ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाे आरोपमा प्रहरीले मियालाई पक्राउ गरेको हो । गृह मन्त्रालयले समितिलाई उपलब्ध गराएको बी.ए.बी–१४०५ नम्बरको निशान जिप यो प्रकरणमा प्रयोग भएकाे अनुसन्धानबाट खुलेको थियो । यही गाडी अध्यक्ष मियाँले शरणार्थीको नाममा ठग्ने गिराेहलाई उपलब्ध गराएका […]