Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, ७ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पाैडेललाई आग्रह गर्नुभएको छ ।

जनकपुरधाममा आज जसपाको भ्रातृ संगठन प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिले गरेको सम्मान कार्यक्रममा अध्यक्ष यादवले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी त्रुटि गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विधेयक तत्काल प्रमाणीकरण हुुनुपर्ने बताउनुभएको हो ।

उहाँले प्रदेश १ को नाम कोशी राखिएकोप्रति असन्तुष्टि जनाउँदै जनजातिको भावनाको सम्मान हुनुपर्ने बताउनुभयाे । अध्यक्ष यादवले विभेद र असमानता नहटेसम्म यसविरुद्ध संघर्ष चलिरहने पनि स्पष्ट पार्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने प्रयास भइरहेको भन्दै यो उपलब्धिलाई सबैले मिलेर संस्थागत गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।

अध्यक्ष यादवले जडीबुटी, जंगल, जलस्रोत, जनशक्ति भएको देश विगतको गलत सोच र गलत नीतिका कारण पछि परेकोसमेत आरोप लगाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *