Samajik Feed – News Portal from Nepal

हेटाैँडा, ७ जेठ । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । आइतबार थप ६ मन्त्रीले शपथ लिएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका छन् । नेकपा (एकीकृत समाजवादी) का डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्री र विनाविभागीय मन्त्रीका रूपमा रामकृष्ण चित्रकारले शपथ लिएका छन् । यसअघि नेकपा (माओवादी केन्द्र) का युवराज दुलालले भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानले सामाजिक विकास र गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भइसेकका छन् ।

यस्तै कांग्रेसका बहादुर सिं लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भएका थिए । शपथ कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री दुलाल, सामाजिक विकासमन्त्री मोक्तानलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *