भारतमा तीर्थयात्री सवार बस दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी । भारतको जम्मुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पञ्जावको अमृतसरबाट तीर्थ यात्री लिएर गएको बस मंगलबार बिहान जम्मुको जज्जर कोल्टी क्षेत्रको एउटा खोंचमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो । घटनामा डेढ दर्जन यात्रु घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । […]
रास्वापा सांसद् बिन्दबासिनीले आज सपथ लिँदै

काठमाडौँ, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य बिन्दबासिनी कंसाकारले आज पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । कंसाकारलाई दिउँसो ३ बजे सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको सपथ गराउने तय भएको छ । घुस रकम लेनदेन गरेको अडियो बाहिरिएपछि विवादमा परेका रास्वपाका तत्कालीन सांसद् डा. ढाकाकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यबाट हटाइएको थियो । […]
संघीय सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै

काठमाडौँ, १५ जेठ । संघीय सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अपराह्न सवा ४ बजे संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री महतले सोमबार नै संसद्मा बजेटसँगै आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस […]
रेशम चौधरीको सजाय माफी दिन सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, १४ जेठ । टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीको सजाय माफी दिन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले चौधरीलाई माफीका लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । जेठ १५ गते मनाइने गणतन्त्र दिवसका अवसरमा कैदी […]
सप्तरीको छिन्नामस्तामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

सप्तरी, १२ जेठ । सप्तरीको राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एक जना घाइते भएका छन् । शुक्रबार भएको दुर्घटनामा स्थानीय १८ वर्षीय श्यामकुमार यादव र ३० वर्षीय विकासकुमार खंगको मृत्यु भएको हो । छिन्नामस्तामा गाउँपालिका–३ मा प्र-२-०१-००२ प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको हो […]
इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध

पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित उनकी पत्नीसमेतलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ ।तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआईका ८० नेताहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको हो । पाकिस्तान सरकारले जारी गरेको ६०० जनाको नो फ्लाई लिस्ट सूचीमा उनीहरूको नाम समावेश छ । खानमाथि आतंकवाद ऐन अन्तर्गत १४० […]
सप्तरीमा एक जना मृत फेला

सप्तरी, १२ जेठ । सप्तरीमा एक जना मृत फेला परेका छन् । हनुमाननगर कंकालनी नगरपालिका–४ गंगापुर टोलदेखि पश्चिम खेतमा शव फेला परेको हो । मृतक भक्तपुरको सुडाल–५ का ४७ वर्षीय बलराम पाण्डे रहेको प्रहरीले जनाएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण अस्पताल राजविराज ल्याएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । samajik_feedsamajikfeed.com
रौतहटमा एक वृद्धको हत्या, अनुसन्धान जारी

रौतहट, ११ जेठ । रौतहटमा एक वृद्धको हत्या भएको छ । बिहीबार देवाही गोनाही नगरपालिका-१ करूनिया टोलमा स्थानीय ७५ वर्षीय शेख तैयबको हत्या भएको हो । शवलाई पोष्टमर्टमका लागि गौर अस्पतालमा पठाइएको छ । तैयबको गाेली प्रहार गरी हत्या गरिएको आशंका गरिएको छ । यद्यपि हत्या कसरी भएको भन्ने यकिन पोष्टमर्टम रिपोर्टबाट खुल्ने जिल्ला प्रहरी […]
लोसपा मधेश सरकारमा सहभागी, पटेल वनमन्त्री नियुक्त

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपा मधेश प्रदेशका सांसद् रमेश पटेललाई मुख्यन्त्री सरोजकुमार यादवले वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका हुन् । संघीय सरकारमा एउटा मन्त्रालय लिएको लोसपाले मधेश प्रदेशमा दुई वटा मन्त्रालय माग गर्दै आएको छ । अहिलेलाई एउटा मन्त्रालय लिएर सरकारमा सहभागिता जनाउने निर्णय भएकाे लोसपा […]
बिनु यादवले १५ औँ दिनमा अनसन तोडिन्

काठमाडौँ, ११ जेठ । १५ दिनदेखि अनसनरत बिनु यादवले अनसन तोडेकी छिन् ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग ५ बुँदे सहमति भएपछि यादवले माइतीघर मण्डलामा जारी राखेको अनसन तोडेकी हुन् । श्रीमान् र काका ससुराले बलात्कारको प्रयास गरेको र अदालतले जर्बजस्ती सम्बन्ध बिच्छेद गराएको जस्ता विषयको न्याययिक निरुपण हुनुपर्ने भन्दै उनी वैशाख २७ गते देखि अनसनरत […]