रौतहट, ११ जेठ । रौतहटमा एक वृद्धको हत्या भएको छ । बिहीबार देवाही गोनाही नगरपालिका-१ करूनिया टोलमा स्थानीय ७५ वर्षीय शेख तैयबको हत्या भएको हो ।
शवलाई पोष्टमर्टमका लागि गौर अस्पतालमा पठाइएको छ । तैयबको गाेली प्रहार गरी हत्या गरिएको आशंका गरिएको छ । यद्यपि हत्या कसरी भएको भन्ने यकिन पोष्टमर्टम रिपोर्टबाट खुल्ने जिल्ला प्रहरी कार्यालयका डीएसपी उमाशंकर यादवले जानकारी दिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।