Samajik Feed – News Portal from Nepal

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपा मधेश प्रदेशका सांसद् रमेश पटेललाई मुख्यन्त्री सरोजकुमार यादवले वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका हुन् । संघीय सरकारमा एउटा मन्त्रालय लिएको लोसपाले मधेश प्रदेशमा दुई वटा मन्त्रालय माग गर्दै आएको छ । अहिलेलाई एउटा मन्त्रालय लिएर सरकारमा सहभागिता जनाउने निर्णय भएकाे लोसपा संसदीय दलका नेता अभिराम शर्माले बताए ।

नवनियुक्त मन्त्री कुर्मीले साँझ ५ बजे शपथ लिने छन् । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित सांसद् हुन् ।

यसअघि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गर्दा एकलौटी ढङ्गबाट गरेको भन्दै लोसपा असन्तुष्ट थियो ।

गठबन्धनमा रहेको जनमत पनि असन्तुष्ट छ । मुख्यमन्त्री यादवले कृषिमन्त्री रहेका जनमतका वसन्त कुशवाहा र कृषि राज्यमन्त्री सञ्जय यादवलाई अहिले बिना विभागीय मन्त्री बनाइदिएका छन् । यता, माओवादी केन्द्रले भने सरकारबाट बाहिरिने निर्णय नै गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *