सप्तरी, १२ जेठ । सप्तरीको राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एक जना घाइते भएका छन् ।
शुक्रबार भएको दुर्घटनामा स्थानीय १८ वर्षीय श्यामकुमार यादव र ३० वर्षीय विकासकुमार खंगको मृत्यु भएको हो । छिन्नामस्तामा गाउँपालिका–३ मा प्र-२-०१-००२ प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सोही ठाउँका २३ वर्षीय अजयकुमार खंग गम्भीर घाइते भएका छन् । तीनै जना साेही मोटरसाइकलमा सवार थिए ।