Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १५ जेठ । संघीय सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अपराह्न सवा ४ बजे संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री महतले सोमबार नै संसद्‌मा बजेटसँगै आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले १७ खर्ब हारहारीको आकारको बजेट ल्याउने छ। 

राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाब छ। सरकारले साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने लक्ष्य राखेको छ।

बजेटमा अतिरिक्त दायित्व बढ्ने गरी नयाँ कार्यक्रम नल्याउने संकेत सरकारले यसअघि नै गरिसकेको छ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले पूर्वाधार क्षेत्रमा प्राथमिकता दिने तथा लोकप्रिय बन्ने केही कार्यक्रमको घोषणा गर्नेछ। 

यसैगरी बजेटमार्फत कतिपय चालु खर्च र वित्तीय हस्तान्तरण भइजाने अनुदान पनि कटौती हुने बताएको छ।

प्रशासनिक खर्च घटाउने तयारीस्वरूप अर्थमन्त्रीले दुई दर्जन बोर्ड तथा समिति पनि खारेज गर्ने तयारी गरेको अर्थ मन्त्रालयको स्रोतले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *