सप्तरी, १२ जेठ । सप्तरीमा एक जना मृत फेला परेका छन् । हनुमाननगर कंकालनी नगरपालिका–४ गंगापुर टोलदेखि पश्चिम खेतमा शव फेला परेको हो । मृतक भक्तपुरको सुडाल–५ का ४७ वर्षीय बलराम पाण्डे रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण अस्पताल राजविराज ल्याएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।