सुनकोशी नदीमा जीप खस्यो, सीटीईभीटीका तीन कर्मचारी बेपत्ता

सिन्धुली, १९ जेठ । सिन्धुलीको गोलञ्जोर गाउँपालिकास्थित सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् । शुक्रबार भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) बाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको हो । जीप नदीमा खस्दा बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भई सीटीईभीटीको […]
ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटेल आईटीसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताएका हुन् । नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलियम पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको भन्दै […]
प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । बुधबार नेपाल एयरलाइन्सको नियमित उडानबाट दाहाल नेतृत्वको टोली भारत प्रस्थान गरेको हो । भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश […]
दुर्घटना परी रक्षामन्त्री खड्काकी भाइबुहारीसहित दुईको मृत्यु

बाँके, १७ जेठ । बाँकेमा भएको सवारी दुर्घटनामा परी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको मृत्यु भएको छ। मंगलबार साँझ भएको सवारी दुर्घटना परी घाइते भएकी उपप्रधानमन्त्री खड्काकी भाइबुहारी सञ्जु खडकाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा कारका चालक गोरखा आँपपिपल–५ का ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्युभएको छ । बाँकेबाट सुर्खेततर्फ जाँदै गरेको […]
नागरिक विधेयक प्रमाणीकरण गरियो

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । बुधबार राष्ट्रपति पौडेलले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको जानकारी दिनुभएको छ । जेठ १२ गते बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने […]
अखण्ड भारत’को नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने : बाबुराम भट्टराई

१६ जेठ, जनकपुर । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्तिचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ। यसले पहिलेदेखि नै विचलित भईरहेको विश्वास घाटालाई अझ बढाउने सम्भावना देखिएको छ। अखण्ड भारत’को नाममा रखिएको नक्सामा नेपाल र पाकिस्तानका भूभागसमेत उल्लेख […]
महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकबाट ३५ लाख लुटियो

महोत्तरी, जेठ १६ । महोत्तरीस्थित एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकको शाखाबाट मंगलबार हतियारधारी समूहले ३५ लाख रकम लुटपाट गरेको हो । चार जनाको समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिएका छन् । प्रहरीले लुटेराकाे खोजी […]
मंगलबार सुनको मूल्य २ हजार ४०० रुपैयाँले बढ्यो

काठमाडौँ, १६ जेठ । सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको […]
सिन्धुलीको दुधौलीमा सर्पको टोकाइ दाजुभाइको मृत्यु

सिन्धुली, जेठ १६ । सिन्धुलीको दुधौलीमा सर्पको टोकाइ दाजुभाइको मृत्यु भएको छ । सर्पको टोकाइबाट दुधौली नगरपालिका–१ भलुवाहीका १२ वर्षीय गृष पहाडी र ७ वर्षीय कृष पहाडीको मृत्यु भएको हो । सोमबार राति सँगै सुतेका दाजुभाइ मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए । उनीहरूलाई तत्काल स्थानीय स्वास्थ्य चौकी लगिए पनि उपचार हुन नसकेपछि महोत्तरीको […]
टी-२० महिला क्रिकेट शृंखला: दोश्रो खेलमा नेपालको जित

काठमाडौँ, १६ जेठ । मलेसियामा जारी पाँच टी-२० महिला क्रिकेट खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले जित हासिल गरेको छ । मंगलबारको खेलमा नेपालले मलेसियामाथि ७ विकेटको जित निकाल्न सफल भएको हो । यूकेएम क्रिकेट ओभलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक […]