महोत्तरी, जेठ १६ । महोत्तरीस्थित एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकको शाखाबाट मंगलबार हतियारधारी समूहले ३५ लाख रकम लुटपाट गरेको हो ।
चार जनाको समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिएका छन् ।
प्रहरीले लुटेराकाे खोजी जारी राखेको छ ।