Samajik Feed – News Portal from Nepal

१६ जेठ, जनकपुर । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्तिचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ। यसले पहिलेदेखि नै विचलित भईरहेको विश्वास घाटालाई अझ बढाउने सम्भावना देखिएको छ।

अखण्ड भारत’को नाममा रखिएको नक्सामा नेपाल र पाकिस्तानका भूभागसमेत उल्लेख छ । नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ । यसले भारतका निकटतम छिमेकीहरुबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ । त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ अध्यक्ष डा. बाबुराम भट्टराईले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *