सिन्धुली, जेठ १६ । सिन्धुलीको दुधौलीमा सर्पको टोकाइ दाजुभाइको मृत्यु भएको छ । सर्पको टोकाइबाट दुधौली नगरपालिका–१ भलुवाहीका १२ वर्षीय गृष पहाडी र ७ वर्षीय कृष पहाडीको मृत्यु भएको हो ।
सोमबार राति सँगै सुतेका दाजुभाइ मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए । उनीहरूलाई तत्काल स्थानीय स्वास्थ्य चौकी लगिए पनि उपचार हुन नसकेपछि महोत्तरीको गौरवासमा रहेको सर्पदंश उपचार केन्द्र लगिएको थियो ।
सर्पदंश केन्द्रले समेत रिफर गरेपछि जनकपुरधाम लगिएको थियो । अस्पतालले दाजुभाइको मृत्यु भएको घोषणा गरेको थियो ।