Samajik Feed – News Portal from Nepal

सिन्धुली, १९ जेठ । सिन्धुलीको गोलञ्जोर गाउँपालिकास्थित सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् ।

शुक्रबार भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) बाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको हो ।

जीप नदीमा खस्दा बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भई सीटीईभीटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका–७ घर भई हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भई हाल विद्युत् प्रशिक्षकका रूपमा कार्यरत भानु पौडेल रहेका छन् । उनीहरूको खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियो जीपमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए । चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *