Samajik Feed – News Portal from Nepal

बाँके, १७ जेठ । बाँकेमा भएको सवारी दुर्घटनामा परी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको मृत्यु भएको छ।

मंगलबार साँझ भएको सवारी दुर्घटना परी घाइते भएकी उपप्रधानमन्त्री खड्काकी भाइबुहारी सञ्जु खडकाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा कारका चालक गोरखा आँपपिपल–५ का ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्युभएको छ ।

बाँकेबाट सुर्खेततर्फ जाँदै गरेको उनीहरू सवार कार बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै बससँग ठोक्किन पुगेको थियो ।

दुर्घटनापछि खड्का, उनका चालक र बसमा यात्रारत ८ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याइएको थियो । तर उपचारका क्रममा बुहारी खड्का र उनका सवारी चालक अधिकारीको मृत्यु भएको हो ।

मृतक सञ्जु उपप्रधानमन्त्री खड्काका माइला भाइ डम्बर खड्काकी श्रीमती हुन् । उनका श्रीमान् डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशकसमेत हुन् । डम्बरका दुई छोरा रहेका छन् ।

कार र बस ठोक्किँदा कार पूरै क्षतिग्रस्त भएको छ भने बसको अगाडिको भाग पूर्ण रूपमा क्षति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *