दुर्घटनामा परी सुदूरपश्चिमका आन्तरिकमन्त्री सिंहको निधन, पत्नी र भाउजू पनि रहेनन्

बझाङ, ५ असार । सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । गाडी दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो । सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो […]
अनशनमा बसेका नेता शर्माको स्वास्थ्य अवस्था बिग्रियो

काठमाडौँ, ५ असार । नागरिकताविहीनलाई नागरिकता नदिएको भन्दै सत्याग्रहमा बसेका नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ । काठमाडाैँस्थित माइतीघर मण्डलामा आमरण अनशन बसेका नेता शर्मालाई गएराति वीर अस्पतालमा भर्ना गरिएको हो । उनी असार १ गतेदेखि आमरण अनशनमा बसेका छन् । शर्माकी श्रीमती इन्दु शर्माले राति सुगर र […]
नागरिकताविहीनको आन्दोलनमा प्रहरी हस्तक्षेप, कुटपिट र धरपकड

काठमाडौँ, ५ असार । नागरिकताविहीनहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी धरपकड गरेको छ । नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा जारी काठमाडाैँकेन्द्रित आन्दोलनमा मंगलबार प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई पक्राउ गरेको हो । प्रहरीले सर्वोच्च अदालत अगाडिबाट ३४ जनालाई पक्राउ गरेको समितिका अध्यक्ष ईन्जिनियर ईन्द्रजित साफीले जानकारी दिएका छन् । प्रहरीले गरेको कुटपिटबाट दुई जनाको टाउको फुटेको पनि […]
झापामा चार लाख घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौँ, ५ असार । झापाको दमकस्थित ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाईका तीन कर्मचारी चार लाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इकाईमा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई पक्राउ गरेको हो । आयोगको टंगाल र ईटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई […]
चार दलीय समाजवादी मोर्चाको घोषणा

काठमाडौँ, ४ असार। नेकपा माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा घोषणा भएको छ । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरूले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन् । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष […]
नेपाल धितोपत्र बोर्डले रोक्यो घोराही सिमेन्टको आईपीओ

४ अषाढ, जनकपुर । घोराही सिमेन्टको प्रिमियम आईपीओ नेपाल धितोपत्र बोर्डले निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ । फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो । आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो । सिमेन्ट कम्पनीको आईपीओमा माग भन्दा […]
माओवादी केन्द्रका नेता शर्माद्वारा सत्याग्रह जारी

काठमाडाैँ, ४ असार । नागरिकताविहीनलाई नागरिकता नदिएको भन्दै नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले सत्याग्रह जारी राखेका छन् । नेता शर्माले आइतबारबाट काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह जारी राखेका हुन् । उनले संविधान जारी भएको करिब आठ वर्ष भइसक्दासमेत लाखौँ युवालाई नागरिकताबाट वञ्चित गरी राज्यले उनीहरूको जीवनसँग खेलबाड गरेको आरोप लगाएका छन् । नागरिकता दिने आदेश […]
‘आदिपुरुष’ को प्रदर्शन देशभर रोक्ने वितरण कम्पनीको निर्णय

काठमाडौँ, ४ असार । भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन देशभर रोक्ने वितरण कम्पनीले निर्णय गरेको छ । यो चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको हो । कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिएका छन् । काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले ‘जानकी भारतकी छोरी हुन्’ […]
नेप्से सूचक ५२ अंकले वृद्धि हुँदा, दैनिक ५ अर्ब पुग्यो कारोबार

३ अषाढ, जनकपुर । सेयर बजारमा लगातार ९ दिनदेखि वृद्धि देखिएको छ। साताको पहिलो कारोबार दिन नेप्से ५२.२६ अंकले वृद्धि हुँदा २०९४.३३ को विन्दुमा बन्द भएको छ । आज नेप्सेमा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ। एक महिना अघि […]
सामुदायिक विद्यालय बन्द कार्यक्रम स्थगन गरियो

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्गलगायत संगठनहरूले देशभरका सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम स्थगन गरेका छन् । उनीहरूले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूलाई विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै आइतबारदेखि अनिश्चितकालका सामुदायिक विद्यालय बन्दको घोषणा गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ताका लागि आह्वान गरेपछि तत्कालका लागि विद्यालय बन्द कार्यक्रम स्थगन गरेको यी […]