Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ५ असार । झापाको दमकस्थित ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाईका तीन कर्मचारी चार लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इकाईमा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई पक्राउ गरेको हो । आयोगको टंगाल र ईटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

सडक निर्माणका लागि बिल भुक्तानीमा सहजीकरण गरिदिए वापत निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *