प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको आलोचना, के भनेका थिए प्रधानमन्त्रीले ?

काठमाडौँ, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रोशित बनेको छ । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । यही अभिव्यक्तिको नेकपा एमालेले विरोध गरेको हो । बुधवारको प्रतिनिधिसभाको बैठक बस्नुअघि एमालेका अध्यक्ष केपीशर्मा ओलीले आफ्ना पार्टीका […]
राष्ट्रपति पौडेलको भारतमा भएको उपचार खर्च ५५ लाख सरकारले तिर्ने

काठमाडौँ, १९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को असार १२ गतेको बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरूको दैनिक भ्रमण भत्तालगायतमा ५५ लाख २ हजार […]
नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

काठमाडौँ, १९ असार । आईसीसी क्रिकेट विश्वकप छनोटको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डललाई २६९ रनको लक्ष्य दिएको छ । मंगलबार जिम्बाब्वेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा भएको प्लेअफ चरणको खेलमा टस हारेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनायो । नेपालका लागि गुल्सन झाले अर्धशतकीय पाली खेल्दै अविजित ५७ रन बनाए […]
कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कञ्चनपुर, १९ असार । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्री छन् । ती किशोरीलाई सोही नगरपालिका-५ मा आइतबार राति जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई […]
असारको तेस्रो साता एसईईको नतिजा आउने

काठमाडौँ, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् । असारको तेस्रो साताभित्र नतिजा […]
निजी विद्यालयले दिने छात्रवृत्तिका लागि महानगरपालिकाले आफैँ परीक्षा लिने

काठमाडौँ, १८ असार । काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिका लागि आफैँले परीक्षा लिने भएको छ । महानगरभित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिका आफैले परीक्षा लिने भएको हो । नगर प्रमुख बालेन्द्र साहले नियमले तोकेको सीमाभित्र रहेर उक्त परीक्षा महानगरले नै सञ्चालन गर्ने जनाएका छन् । कामपा शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ […]
झापामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

झापा, १८ असार । झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परी मेचीनगरमा नगरपालिका–१० की ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको हो । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेको स्थानीयले बताएका छन् । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् […]
आईसीसी विश्वकप छनोट प्लेअफ: नेपालद्वारा यूएई पराजित

काठमाडौँ, १७ असार। आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले यूएईलाई तीन विकेटले पराजित गरेको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले जित दर्ता गराएको हो । १ सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेटको गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र ८५ बलमा ७ चौका […]
कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

विराटनगर, १७ असार । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेका हुन् । यसका लागि दलहरूलाई ५ दिनको समय दिइएको छ । दलहरूले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । प्रदेश […]
शहीद परिवारद्वारा मधेश प्रदेशको गृह मन्त्रालयमा तालाबन्दी

जनकपुरधाम, १७ असार । जनयुद्धका शहीद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेको छ । शहीदका परिवारलाई उपलब्ध गराउँदै आएको राहत रकम यसपटक नदिएको भन्दै उनीहरूले आइतबार मन्त्रालयमा तालाबन्दी गरिदिएका हुन् । प्रदेश सरकारले गत वर्ष जनयुद्धमा शहीद भएका परिवारलाई किस्ताबन्दीमा तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । यो रकम […]