Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, १७ असार । जनयुद्धका शहीद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेको छ ।

शहीदका परिवारलाई उपलब्ध गराउँदै आएको राहत रकम यसपटक नदिएको भन्दै उनीहरूले आइतबार मन्त्रालयमा तालाबन्दी गरिदिएका हुन् ।

प्रदेश सरकारले गत वर्ष जनयुद्धमा शहीद भएका परिवारलाई किस्ताबन्दीमा तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । यो रकम मधेश शहीद प्रतिष्ठानमार्फत् तीन वर्षसम्म एक–एक लाख रुपैयाँ उपलब्ध गराउने भनिएको थियो । तर, यसपटक भने शहीद परिवारले राहत रकम पाएका छैनन् ।

प्रदेश सरकारले यसपटकबाट शहीदको नाम र ठेगानाको आधारमा रकम दिने निर्णय गरेको छ । जबकी गतवर्ष शहीद परिवारले प्रमाण पत्रका आधारमा रकम प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *