Samajik Feed – News Portal from Nepal

सार्वजनिक यातायातको भाडा घट्यो (भाडादरको सूचीसहित)

काठमाडौँ, १ साउन । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सोमबार सार्वजनिक यातायातको भाडा पनि घटेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले भाडा घटाएको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा २.१३ प्रतिशत, […]

मिटरब्याजीविरुद्धको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौँ, ३१ असार । मिटरब्याजीविरुद्धको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको यो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस […]

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. यादव नियुक्त

काठमाडाैँ, ३१ असार । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा.अमरप्रसाद यादव नियुक्त हुनुभएको छ । संघीय सरकारले प्रा.डा.यादवलाई राजर्षि जनक विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त गरेको हो । यादव सिरहाको मिर्चैया भगवतपुर निवासी हुनुहुन्छ । संघीय सरकार मातहतको यो विश्वविद्यालय लामो समयदेखि उपकुलपतिविहीन थियो । उपकुलपति, रजिष्ट्रार, क्याम्पस प्रमुखलगायत मुख्य पदाधिकारीहरू नै नहुँदा विश्वविद्यालयको पठनपाठन […]

मधेश प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य

जनकपुरधाम, ३१ असार । मधेश प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले पठाएको पत्र पढेर सुनाउँदै सभामुख रामचन्द्र मण्डलले पहिलो अधिवेशन आज रातिबाट अन्त्य भएको जानकारी दिनुभएको हो । मधेश प्रदेशसभाका नयाँ जनप्रतिनिधिहरूले २०७९ पुष १५ गते सपथ लिएका थिए । त्यसपश्चात् पुष १८ गतेबाट पहिलो अधिवेशन सुरु […]

नेप्सेमा सुधार, कारोबार रकम भने घट्यो

आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को अन्तिम कारोबार नेप्सेमा सुधार भएको छ। यस कारोवार दिन नेप्से परिसूचक १२.१६ अंक बढेर २०९७.०९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९० अंक, फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ। नेप्सेमा सुधार भएपनि कारोवार रकम घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत साताको […]

भारत सरकारद्वारा ३४ एम्बुलेन्स र ५० स्कूल बस उपहारस्वरूप प्रदान

काठमाडाैँ, ३१ असार । भारत सरकारले नेपालका विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरेको छ । आइतबार भारतीय राजदूतावासमा भएको समारोहमा नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई एम्बुलेन्स र बस प्रदान गरिएको हो । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार […]

रुपन्देहीमा मोटरसाइकलबाट साइकललाई ठक्कर, एक जनाको मृत्यु

रुपन्देही, ३१ असार । रुपन्देहीको सेमरहवामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । गएराति रोहिणी गाउँपालिका–४ सेमरहवामा तीन जना सवार लु. ७३प ८६४३ नम्बरको मोटरसाइकलले रोहिणी–४ पकडीका ६५ वर्षीय चन्द्रिका अहिर सवार साइकललाई ठक्कर दिएको थियो । अहिरको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको […]

एसीसी इमर्जिङ एसिया कप : पाकिस्तानद्वारा नेपाल पराजित

काठमाडौँ, २९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको छ । श्रीलंकाको कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा शुक्रबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ८० रनको चुनाैती पछ्याएको पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेटकाे क्षतिमा लक्ष्य पूरा गर्‍यो […]

निर्माण व्यवसायीहरूद्वारा काठमाडाैँमा धर्ना

काठमाडौँ, २९ असार । निर्माण कार्यको भुक्तानीमा रोक लगाएको भन्दै निर्माण व्यवसायीहरूले धर्ना दिएका छन् । निर्माण व्यवसायीहरूले शुक्रबार माइतीघर मण्डालमा भुक्तानी तत्काल दिनुपर्नेलगायत माग राख्दै धर्ना दिएका हुन् । उनीहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामासमेत माग गरेका छन् । व्यवसायीहरूले माइलस्टोनको व्यवस्था खारेज गर्नुपर्ने, मूल्य समायोजन कार्यान्व्यन गर्नुपर्ने, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम […]

रौतहटको देवाही गोनाहीमा एक जनाको हत्या

रौतहट, २९ असार । रौतहटको देवाही गोनाहीमा एक जनाको हत्या भएको छ । गएराति घरमा सुतिरहेका बेला देवाही गोनाही– ६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको हत्या भएको हो । उनको घाटीमा धारिलो हतियारले प्रहार भएको देखिएको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले बताएका छन् । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको पनि […]