Samajik Feed – News Portal from Nepal

रुपन्देही, ३१ असार । रुपन्देहीको सेमरहवामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

गएराति रोहिणी गाउँपालिका–४ सेमरहवामा तीन जना सवार लु. ७३प ८६४३ नम्बरको मोटरसाइकलले रोहिणी–४ पकडीका ६५ वर्षीय चन्द्रिका अहिर सवार साइकललाई ठक्कर दिएको थियो । अहिरको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार एक युवक घाइते भएका छन् । उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *