Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १ साउन । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सोमबार सार्वजनिक यातायातको भाडा पनि घटेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले भाडा घटाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा २.१३ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.७८ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३.०९ प्रतिशतले घटेको छ ।

यातायातको घटाएको भाडादर सोमबारदेखि नै लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

नयाँ भाडादर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *