महोत्तरीको पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ, १२ साउन । महोत्तरीको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालीन सब–इन्जिनियर श्यामकिशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो । गैरकानूनी […]
जानकी मन्दिरमा ‘अश्लिल’ टिकटक बनाउने युवा पक्राउ, युवतीको खोजी जारी

जनकपुरधाम, १२ साउन । जानकी मन्दिरको विवाह मण्डप परिसरमा ‘अश्लिल हर्कत’ गर्दै टिकटक भिडियो बनाउने एक युवा पक्राउ परेका छन् । प्रहरीले धनुषाको औरही गाउँपालिका–६ पोखरभिण्डाका १८ वर्षीय अनिरुद्र यादवलाई पक्राउ गरेको हो । धार्मिकस्थलमा अश्लिल टिकटक बनाई सामाजिक सञ्जालको माध्यमबाट समाजमा अश्लिता फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिएका […]
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर, १२ साउन । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूसँग आह्वान गरेका हुन् । यसका लागि साउन १६ गते अपराह्न ५ बजेसम्मको समय दिइएको छ । खापुङले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । […]
कोशी प्रदेश सरकार असंवैधानिक ठहर, मुख्यमन्त्री थापा पदमुक्त

काठमाडौँ, ११ साउन । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेशलाई असंवैधानिक ठहर गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले थापालाई मुख्यमन्त्री नियुक्त गर्न अपनाइएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरिदिएको हो । यो फैसलासँगै मुख्यमन्त्री थापा पदमुक्त भएका छन् । बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले […]
मिटर ब्याजविरुद्धको विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ, ११ साउन । मिटर ब्याजविरुद्ध व्यवस्था रहेको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रियसभाबाट पुन: पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो । विधेयक पारित भएसँगै अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका […]
भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दर्ता भएको छ । कांग्रेस पार्टीका एक सांसदले अविश्वासको प्रस्ताव बुधवार दर्ता गराएका हुन् । अविश्वासको प्रस्तावमा सबै विपक्षी सांसदको समर्थन रहेको कांग्रेस आईको दाबी छ । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधका माझ भारतीय प्रधानमन्त्री मोदीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको हो । […]
नाबालिका बलात्कारको आरोपमा एक जना पक्राउ

काठमाडौँ, १० साउन । काठमाडौँको नागार्जुनमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले बलात्कार आरोपमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई वडा नम्बर ६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको हो । उनले एक १३ वर्षीया नाबालिकालाई नागार्जुन–४ सीतापाइलास्थित पार्किङमा राखेको बसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बसको […]
प्रभु साहलाई पक्राउ गर्न माग गर्दै गौरमा प्रदर्शन

रौतहट, ९ साउन । आम जनता पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद् प्रभु साहलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै गौरमा प्रदर्शन भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले गौरमा संयुक्त रूपमा जुलुस प्रदर्शन गर्दै आजपाका अध्यक्ष साहलाई कारबाहीको माग गरेका हुन् […]
नेपाल प्रहरीका १ सय २२ प्रहरी नायव निरीक्षकको बढुवा सिफारिस

काठमाडौँ, ९ साउन । नेपाल प्रहरीका १ सय २२ प्रहरी नायव निरीक्षकलाई वरिष्ठ प्रहरी नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षकहरूलाई प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरेको जनाएको हो । बढुवा सूची: samajik_feedsamajikfeed.com
इमरान खानविरुद्ध गैरजमानती वरेन्ट

एजेन्सी । पाकिस्तानको चुनाव आयोगले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध गैरजमानती वरेन्ट जारी गरेको छ। आयोगले खानलाई पक्राउ गर्न इस्लामाबाद प्रहरीलाई निर्देशन दिएको हो । खानलाई मंगलबार आयोगसमक्ष उपस्थित गराउन भनिएको छ । खान मंगलबार नै आयोगसामु पेश हुने अपेक्षा गरिएको छ । खान नआए उनलाई पक्राउ गरेर भए पनि ल्याइने प्रहरीले बताएको छ । यसैबीच पाकिस्तान […]