Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ११ साउन । मिटर ब्याजविरुद्ध व्यवस्था रहेको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रियसभाबाट पुन: पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो । विधेयक पारित भएसँगै अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइनेछ ।

यसअघि प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयक राष्ट्रियसभामा टेबल भएको थियो । विधेयक पारित गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको बैठक साउन १८ गते बिहीबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ । असार ३१ गते प्रतिनिधिसभाले यो विधेयक संशोधनसहित सर्वसम्मतले पारित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *