काठमाडौँ, १२ साउन । महोत्तरीको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालीन सब–इन्जिनियर श्यामकिशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो । गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप छ ।
उनीहरूले आर्थिक वर्ष २०७४/७५ पिपरा गाउँपालिका–१ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यलाई बढी मूल्याङ्कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई एक लाख ४८ हजार नौ सय १० भुक्तानी दिएको अख्तियारले जनाएको छ ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत झा र तत्कालीन सब–इन्जिनियर मण्डलउपर भ्रष्टाचार कसुरमा र एक लाख ४८ हजार नौ सय १० बिगो कायम गरी कैद र जरिवानाको माग दाबी गरेको छ ।
त्यस्तै निर्माण उपभोक्ता समितिका अध्यक्ष मिश्र, सचिव खातुन र कोषाध्यक्ष साहलाई एक लाख ४८ हजार नौ सय दश बिगोसहित सजायको माग दाबी गरिएको छ । वडा–१ खैरबामा बाटो ढलान कार्य गर्दा कमसल सामग्री प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको उजुरी आयोगमा परेको थियो ।
यस्तो छ अख्तियारको विज्ञप्ति :
