Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १० साउन । काठमाडौँको नागार्जुनमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले बलात्कार आरोपमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई वडा नम्बर ६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको हो ।

उनले एक १३ वर्षीया नाबालिकालाई नागार्जुन–४ सीतापाइलास्थित पार्किङमा राखेको बसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बसको नम्बर खुलेको छैन ।

प्रहरीका अनुसार घटना गत असार ३० गते भएको थियो । बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी वृत्त स्वयम्भुको टोलीले महर्जनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *