Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, १२ साउन । जानकी मन्दिरको विवाह मण्डप परिसरमा ‘अश्लिल हर्कत’ गर्दै टिकटक भिडियो बनाउने एक युवा पक्राउ परेका छन् । प्रहरीले धनुषाको औरही गाउँपालिका–६ पोखरभिण्डाका १८ वर्षीय अनिरुद्र यादवलाई पक्राउ गरेको हो ।

धार्मिकस्थलमा अश्लिल टिकटक बनाई सामाजिक सञ्जालको माध्यमबाट समाजमा अश्लिता फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा अश्लिल हर्कत देखाई बनाइएको भिडियो सार्वजनिक भएलगतै प्रहरीले उनीहरूको खोजतलाश तीव्र पारेको थियो । भिडियोमा यादवसँगै रहेकी युवती र भिडियो खिच्ने व्यक्तिको पनि खोजी भइरहेको प्रहरी प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *