Samajik Feed – News Portal from Nepal

रौतहट, ९ साउन । आम जनता पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद् प्रभु साहलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै गौरमा प्रदर्शन भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले गौरमा संयुक्त रूपमा जुलुस प्रदर्शन गर्दै आजपाका अध्यक्ष साहलाई कारबाहीको माग गरेका हुन् ।

गौर हत्याकाण्डका साथै कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्या, रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारीलगायतका हत्याकाण्डमा पनि साहको संलग्नता रहेको उनीहरूको आरोप छ ।

यस्तै, यसअघि साउन १ गतेमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *