सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँसँग भारतीय आधार कार्ड

काठमाडाैँ, २ भदाैं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरूसँग नेपाली नागरिकताका साथै भारतीय आधार कार्ड पनि फेला परेका छन् । मोटरसाइकलमा राख्ने ब्रेक सुमा ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका दुई चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको हो । यसअघि […]
सशस्त्र पर्साका एसपी थपलियाको निधन

पर्सा, २ भदाैं । सशस्त्र प्रहरी पर्साका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख थपलियाको शनिबार हृदयघाटका कारण निधन भएको हो । बिहान बाराको गढीमाईसम्म साइक्लिङ गरेर फर्किएका थपलियाको निधन भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् । साइक्लिङबाट फर्किएपछि गणस्थित […]
सुन तस्करी प्रकरण : पक्राउ परेका सात चिनियाँसँग नेपाली नागरिकता

काठमाडौँ, १ भदाैं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरूसँग नेपाली नागरिकता रहेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको हो । उनीहरू सबै जनासँग जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नेपाली नागरिकता भेटिएको छ । यो प्रकरणमा सुरुमा राजस्व […]
श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

काठमाडौँ, १ भदाैँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुगेको हो । यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ थियो । त्यस्तै दैनिक पारिश्रमिक ६६८ रूपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको छ । आंशिक समयमा […]
सुन तस्करीमा संलग्न रहेको आशंकामा थप चार चिनियाँ पक्राउ

काठमाडाैँ, ३१ साउन । सुन तस्करीमा संलग्न रहेको आशंकामा थप चार चिनियाँ नागरिक पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जनाएका छन् । काठमाडौँ जिल्ला अदालतबाट बुधबार म्याद थप गरिएको छ । पक्राउ पर्नेमा ली नेङ्गकाय, वीन तङ, तियान मी र डिङ्ग […]
सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

काठमाडौँ, ३१ साउन । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुवाहक सवारी साधनको भाडा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने […]
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते हुने

भक्तपुर, ३१ साउन । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलमा नन ग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी […]
काठमाडाैँमा भारतको ७७ औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौँ, ३० साउन । भारतीय राजदूतावासमा भारतको ७७ औँ स्वतन्त्रता दिवस मनाएको छ। राजदूतावासमा मंगलबार विभिन्न कार्यक्रम गरेर स्वतन्त्रता दिवस मनाइएको हो । समाराेहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए । राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए । त्यस्तै भारतकी राष्ट्रपति श्रीमती द्रौपदी […]
भू-उपयोग नियमावली पास, जग्गा कित्ताकाट खुल्ने

काठमाडाैँ, ३० साउन । मन्त्रिपरिषद्ले भू-उपयोग नियमावली पास गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली संशोधन पारित गरेपछि लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुल्ने भएको छ । नियमावली संशोधनसँगै अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त […]
मुगुमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

मुगु, ३० साउन । मुगुमा भएको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सोमबार बेलुका सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग. १ ज ७७६२ नम्बरको जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको हो । दुर्घटनामा परी हुम्ला सर्केगाड–२ रिपगाउँका राम परियार, प्रकाश बोहरा, राम परियार, पिउस परियार र सोरु गाँउपालिका–५ का वडा […]