काठमाडौँ, ३१ साउन । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।
तोकिएको भाडादर अनुसार अब यात्रुवाहक सवारी साधनको भाडा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६ दशमलव ८३ प्रतिशतले बढेको हो ।
बढेको भाडादर आजैबाट लागु भएको हो । विभागका अनुसार यो भाडा दुई वा सो भन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागु हुने भएको छ ।
निगमले १ साउनयता पटक पटक गरी डिजेलमा प्रतिलिटर २१ रुपैयाँ बढाएपछि स्वचालित प्रणालीअनुसार भाडा बढाउने निर्णय भएको विभागले जनाएको छ । मंगलबार मात्र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको थियो ।
यस्तो छ नयाँ भाडादर: