Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, ३१ साउन । सुन तस्करीमा संलग्न रहेको आशंकामा थप चार चिनियाँ नागरिक पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जनाएका छन् । काठमाडौँ जिल्ला अदालतबाट बुधबार म्याद थप गरिएको छ ।

पक्राउ पर्नेमा ली नेङ्गकाय, वीन तङ, तियान मी र डिङ्ग सेग्फा छन् । राजस्व अनुसन्धान विभागले साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेक सूमा लुकाएर ल्याएको सुन बरामद् गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *