Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १ भदाैँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुगेको हो ।

यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ थियो । त्यस्तै दैनिक पारिश्रमिक ६६८ रूपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको छ । आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको छ।

मन्त्रालयले न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले कुनै रोजगार सम्झौता नगर्न पनि भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *