Samajik Feed – News Portal from Nepal

पर्सा, २ भदाैं । सशस्त्र प्रहरी पर्साका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख थपलियाको शनिबार हृदयघाटका कारण निधन भएको हो । बिहान बाराको गढीमाईसम्म साइक्लिङ गरेर फर्किएका थपलियाको निधन भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।

साइक्लिङबाट फर्किएपछि गणस्थित आफ्नै कोठामा आराम गरिरहेका बेला उनी अचानक बेहोस भएका थिए । तत्काल उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भइसकेको थियो ।

नुवाकोट निवासी थपलियाको परिवार काठमाडौँमा बस्दै आएको छ । उनी सात महिनाअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको जिम्मेवारीमा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *