जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न अर्थमन्त्री महत सकारात्मक

महोत्तरी, २२ भाद्र । अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन् । काठमाडौँमा शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री डा. महतले तेस्रो मुलुकमा सामान आयात निर्यात गर्न गर्नुपर्ने तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर सोसम्बन्धी […]
कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने सापकोटालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडाैँ, २१ भाद्र । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटालाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतले सापकोटालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सापकोटाविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। यादवमाथि बुधबार काठमाडौँको भृकुटीमण्डपमा नुवाकोटाको विदुर नगरपालिका घर […]
कोशीका मुख्यमन्त्री थापा पदमुक्त

काठमाडौँ, २१ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । मुख्यमन्त्री थापाले पाएको विश्वासको मत सर्वोच्च अदालतले बदर गरिदिएको हाे । थापाले लिएको विश्वासको मत असंवैधानिक भएको सर्वोच्चको फैसला छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई […]
काठमाडौँ वडा नम्बर १६ का अध्यक्ष रिजालको निधन

काठमाडौँ, २१ भाद्र । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सिभियर निमोनिया देखिएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो । अध्यक्षमा निर्वाचित भएसँगै भएको कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन शाहसँग उनको चर्काचर्की परेको थियो । रिजाल […]
महिला टि–२० विश्वकप एसिया छनोट : नेपाल र यूएईबीचको खेल वर्षाका कारण रद्द

काठमाडौँ, २० भदौ । मलेसियामा जारी आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टससमेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाड्दै खेल टुङ्गाए । यससँगै यूएई समूह ‘ए’ […]
महोत्तरीको सोनमामा विद्यार्थी र प्रहरीबीच झडप

महोत्तरी, १९ भदौ । महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । शिक्षक सरुवा गरिएको विषयलाई लिएर मंगलबार दिउँसो सोनमा माध्यमिक विद्यालयका विद्यार्थीले गाउँपालिका कार्यालयमा तोडफोड गर्न थालेपछि झडप भएको हो । विद्यार्थीहरूले गाउँपालिका कार्यालय र प्रहरीमाथि ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जनभन्दा बढी सेल अश्रुग्याँस प्रहार गरेको […]
सप्तरी विष्णुपुरका अध्यक्ष यादवसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, १९ भाद्र । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले अध्यक्ष यादव, लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवउपर पाँच लाख बिगो कायम गरी मंगलबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो । सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको […]
भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई लगाइदिए मेडल

काठमाडौँ, १९ भदौ । पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाली खेलाडीलाई भारतीय खेलाडी र प्रशिक्षकले मेडल लगाइदिएका छन् । नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि भारतकै खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाइदिएका हुन् । खेलपछि नेपाली टिमले भारतीय टिमका खेलाडी प्रशिक्षकहरूसँग भेट गरेपछि उनीहरूले नेपाली टिमलाई मेडल लगाइदिएका हुन् […]
जसपाले मधेश प्रदेशका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोक्यो

काठमाडौँ, १८ भाद्र । जनता समाजवादी पार्टीले मधेश प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले आठवटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको हो । बैठकले सप्तरीको इञ्चार्जमा बादलप्रसाद यादव र सहइञ्चार्ज छेदी यादव, सिरहाको इञ्चार्जमा कौशलेन्द्र यादव र सहइञ्चार्जमा विष्णुकुमार साह, धनुषाको इञ्चार्जमा राजनारायण यादव र सहइञ्चार्जमा शैलेन्द्रकुमार यादव, […]
महिला टी–ट्वेन्टी विश्वकप छनोट: नेपाल सेमिफाइनलमा प्रवेश, कतार पराजित

काठमाडौँ, १८ भाद्र। नेपाल आईसीसी महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितााको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले हराएको हो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ७४ रन जोड्यो । उसका लागि साची धडवालले सर्वाधिक २१ रन बनाइन् । बलीङतर्फ […]