Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २१ भाद्र । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सिभियर निमोनिया देखिएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो ।

अध्यक्षमा निर्वाचित भएसँगै भएको कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन शाहसँग उनको चर्काचर्की परेको थियो ।

रिजाल काठमाडौँ कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापतिसमेत हुनुहुन्थ्यो । वडा नम्बर १६ बाट लगातार दुई पटक वडाध्यक्ष बन्नु भएका रिजाल हक्की स्वभावका व्यक्ति हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *