काठमाडाैँ, २१ भाद्र । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटालाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
बिहीबार काठमाडौँ जिल्ला अदालतले सापकोटालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सापकोटाविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। यादवमाथि बुधबार काठमाडौँको भृकुटीमण्डपमा नुवाकोटाको विदुर नगरपालिका घर भएका सापकोटाले खुकुरी प्रहार गरेका थिए । आक्रमणमा घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यादवको टाउको र गर्धनमा चोट लागेको छ।