Samajik Feed – News Portal from Nepal

महोत्तरी, १९ भदौ । महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । शिक्षक सरुवा गरिएको विषयलाई लिएर मंगलबार दिउँसो सोनमा माध्यमिक विद्यालयका विद्यार्थीले गाउँपालिका कार्यालयमा तोडफोड गर्न थालेपछि झडप भएको हो ।

विद्यार्थीहरूले गाउँपालिका कार्यालय र प्रहरीमाथि ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जनभन्दा बढी सेल अश्रुग्याँस प्रहार गरेको थियो । झडपका क्रममा केही विद्यार्थी र प्रहरी घाइते भएका छन् ।

उनीहरूले प्रहरीको गाडीमा ढुङ्गामुढा र दुईवटा मोटरसाइकलमा आगो लगाइदिएपछि झडप भएको  महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बताए । प्रहरीले घटनामा संलग्न सात जनालाई नियन्त्रणमा लिएको छ । विद्यालयमा तीन शिक्षकको सरुवा गरिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *