आइतबार अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ, ३० भदौ । नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । हेटौँडामा डाक्टरमाथि कुटपिट गर्नेहरूलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै भोलि आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघले विज्ञप्ति जारी गरी जनाएको छ । भोलि सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल […]
मोरङमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

मोरङ, ३० भदौ । मोरङको ग्रामथानमा नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको हो । दुवै बालिकालाई डुबेर गम्भीर घाइते भएको अवस्थामा बिहान साढे ११ […]
प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान, संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

काठमाडौँ, ३० भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् । न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । शनिबार प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखरप्रतिनिधिलगायतले बिदाइ गरे । प्रधानमन्त्री प्रचण्डले असोज ४ […]
रौतहटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, प्रहरीसँग स्थानीयको झडप

रौतहट, २९ भाद्र । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । निजगढतर्फ जाँदै गरेको ना. ५ ख ३४५१ नम्बरको ट्रकले ना. ५१ पा ४९४१ को मोटरसाइकललाई ठककर दिँदा चालक फतुवा बिजयपुर १ का ३५ वर्षीय उमेश यादवको मृत्यु […]
स्वर्गीय नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी हुने

काठमाडौँ, २९ भदौ । नेकपा (एमाले) ले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा देशका सातवटै प्रदेशमा विचार गोष्ठी गर्ने भएको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टी कार्यालय बैठकले आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठीको आयोजना गर्ने निर्णय गरेको हो । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा विभिन्न […]
चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ, २८ भदौ । चिकित्सकहरूमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सन्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघका महासचिव डा. सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न […]
जसपाको थरुहट राष्ट्रिय समिति गठन

कैलाली, २८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिचानमा आधारित थरुहट राष्ट्रिय समिति (सुदुरपश्चिम प्रदेश) गठन भएको छ । कैलालीको धनगढीमा सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय समिति (सुदुरपश्चिम प्रदेश) गठन गरेको हो । साथै बैठकबाट प्रदेश अनुशासन आयोगको अध्यक्षमा चन्द्रप्रकाश चौधरी र निर्वाचन आयोगको अध्यक्षमा घनश्याम कुश्मीलाई चयन गरिएको छ […]
गौहत्याको विरोधमा राप्रपाद्वारा प्रदर्शन

काठमाडौँ, २७ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ । बुधबार काठमाडौँमा राप्रपासहित पार्टी निकट संगठनहरूले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन् । भृकुटीमण्डपबाट सुरु भएको विरोध र्याली रत्नमापर्कमा पुगेर सभामा परिणत भएको थियो । samajik_feedsamajikfeed.com
पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाउन सुरु

काठमाडाैँ, २७ भाद्र । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौँको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा यो खोप लगाउने कार्यको शुभारम्भ गरेका हुन् । सबै प्रदेशका संघीय अस्पतालहरूबाट पनि यो सेवा सुरु गरिएको छ । मन्त्री बस्नेतले तत्कालका लागि सीमित स्रोत–साधन भए […]
मधेशकी सांसद् स्वर्गीय विन्दु यादवलाई छोरीले दिइन् दागबत्ती

जनकपुरधाम, २६ भाद्र । मधेश प्रदेशकी सांसद् स्वर्गीय विन्दुकुमारी यादवलाई जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्तेष्टि गरिएको छ । स्वर्गीय यादवलाई उनकी जेठी छोरी स्नेहाले दागबत्ती दिएकी हुन् । यादवका दुई छोरी स्नेहा र स्मिनी छन् । अन्त्येष्टिमा मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादव, प्रदेशसभा सदस्य रामआशिष् यादव, ममता मण्डल ,जसपा जिल्ला अध्यक्ष पशुपति यादव, नेता अम्भुप्रसाद साहलगायत नेता […]