Samajik Feed – News Portal from Nepal

कैलाली, २८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिचानमा आधारित थरुहट राष्ट्रिय समिति (सुदुरपश्चिम प्रदेश) गठन भएको छ ।

कैलालीको धनगढीमा सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय समिति (सुदुरपश्चिम प्रदेश) गठन गरेको हो । साथै बैठकबाट प्रदेश अनुशासन आयोगको अध्यक्षमा चन्द्रप्रकाश चौधरी र निर्वाचन आयोगको अध्यक्षमा घनश्याम कुश्मीलाई चयन गरिएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्य, संघीय परिषद् सदस्य, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेश तथा जिल्ला तहका अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *