काठमाडौँ, २९ भदौ । नेकपा (एमाले) ले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा देशका सातवटै प्रदेशमा विचार गोष्ठी गर्ने भएको छ ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टी कार्यालय बैठकले आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठीको आयोजना गर्ने निर्णय गरेको हो ।
‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि अतिथि र वक्ताका रूपमा आमन्त्रण गरिने एमालेले जनाएको छ ।