Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, २७ भाद्र । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौँको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा यो खोप लगाउने कार्यको शुभारम्भ गरेका हुन् ।

सबै प्रदेशका संघीय अस्पतालहरूबाट पनि यो सेवा सुरु गरिएको छ । मन्त्री बस्नेतले तत्कालका लागि सीमित स्रोत–साधन भए पनि छिट्टै सबै किशोरीहरूले पाउने गरी व्यवस्था मिलाउने प्रतिवद्धता जनाए ।

यो खोप १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लगाउन सुरु गरिएको हो । सरकारले सोही उमेर समूहका किशोरीलाई लक्षित गरेर हाल २० हजार भाइल खोप निर्यात गरेको छ । यो खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *