Samajik Feed – News Portal from Nepal

सुनसरी मालपोतका दुई कर्मचारी घुससहित पक्राउ

काठमाडौँ, १२ असोज । सुनसरीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नायव सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीलाई पक्राउ गरेको हो । जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले […]

वीरगन्जस्थित बाल सुधार गृहबाट दुई किशोर फरार

पर्सा, १२ असोज । वीरगन्जस्थित बाल सुधार गृहबाट दुई किशोर फरार भएका छन् । कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा परेर बाल सुधार गृह ल्याइएका दुई जना वीरगञ्ज महानगरपालिका-४ विर्तास्थित बाल सुधार गृहबाट फरार भएका हुन् । उनीहरूले बिहीबार राति दुई बजेतिर छतमाथिको तारजाली काटेर फरार भएको प्रहरीले जनाएको छ । काँडे तार काटेर उनीहरू […]

एमाले मधेश प्रदेश अधिवेशनको तयारी, नारा र लोगो सार्वजनिक

जनकपुरधाम, ११ असोज । नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ । नेकपा एमालेले बिहीबार असोज २४ र २५ गते हुने अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो । जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादव, पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय […]

सर्लाहीमा चिताबाट एक युवतीको शव प्रहरीको नियन्त्रणमा

सर्लाही, ११ असोज । सर्लाहीमा जलाउनका लागि तयारी अवस्थामा राखिएको एक युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार रामनगर गाउँपालिकामा–१ को मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव चिताबाट नियन्त्रणमा लिएको हो । मनिषाको मृत्यु घटना शंकास्पद देखिएपछि बुधबार मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले […]

गौहत्याविरुद्ध शान्तपूर्ण र्‍याली निकाल्न हिन्दू परिषद्लाई अनुमति

जनकपुरधाम, १० असोज । धनुषा जिल्ला प्रशासन कार्यालयले विश्व हिन्दू परिषद्लाई शान्तिपूर्ण रूपमा र्‍याली निकाल्न अनुमति दिएको छ । परिषद्ले आउँदो शुक्रबार गौहत्या विरुद्ध निकाल्न लागेको विरोध र्‍याली शान्तिपूर्ण रूपमा गर्न अनुमति दिएको हो । प्रशासनले परिषद्लाई नगर परिक्रमा गरी बाह्र विगहामा शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न आग्रह गरेको छ । जानकी मन्दिर प्राङ्गणमा भने भेला […]

मधेशमा बिहीबार सार्वजनिक बिदा

जनकपुरधाम, १० असोज । मधेश सरकारले बिहीबार मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् । […]

राहत शिक्षकको आन्दोलनमा प्रहरीको हस्तक्षेप

काठमाडौँ, १० असोज । काठमाडाैँमा जारी राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार राहत शिक्षकहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै केही शिक्षकलाई लछारपछार गरेको थियो । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै राहत शिक्षकहरू आन्दोलन गर्दै आएका छन् । शिक्षक महासंघले सरकारसँगको वार्तापछि […]

१९ औँ एसियाली खेलकुद: क्रिकेटमा नेपालको कीर्तिमानी जित

हाङझाउ, १० असोज । १९ औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै यो कीर्तिमान बनाएको थियो । जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ […]

१९ औँ एशियाली खेलकुद: चीनको अग्रता कायमै

काठमाडौँ, ९ असोज । १९ औँ एशियाली खेलकुद प्रतियोगितामा आयोजक चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ । चीनले हालसम्म ४९ स्वर्णसहित कुल ८८ पदक जितेको छ । त्यस्तै २६ रजत र १३ वटा कांस्य पदक पनि हात पारेको छ । पदक तालिकामा दक्षिण कोरिया दोस्रो स्थानमा छ । दक्षिण कोरियाले हालसम्म १३ स्वर्ण, १३ […]

मोरङमा ट्रकले मोटरसाइकललाई ठक्कर, एक जनाको मृत्यु

मोरङ, ९ असोज । मोरङको कटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा–१ का ३७ वर्षीय चन्द्रमणि अधिकारीको मृत्यु भएको हो । विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले जनाएका छन् । […]